६१ किलो सुन तस्करी काण्डमा फरार अमला रोक्का काठमाडौंबाट पक्राउ

spot_img

काठमाडौं,०६ असार । गत वर्षको ६१ किलो सुन तस्करी प्रकरणमा लामो समयदेखि फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

अमला रोक्का यसै सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो । यो पक्राउले सुन तस्करीको अनुसन्धानमा थप नयाँ आयाम खुल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once