Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

सीमावर्ती नाकामा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिँदै

spot_img

बैतडी,२४ जेष्ठ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।

त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए । उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, संक्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’

यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once