Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
16.1 C
Kathmandu

सशस्त्र प्रहरी हराएको घटनाले दुःखी बनायो : गृहमन्त्री लेखक

spot_img

जनकपुर,२३ जेष्ठ । सप्तरीको कोसी नदीमा मनसुनजन्य विपद्‌को पूर्वतयारी अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी गोताखोर बेपत्ता भएपछि गृहमन्त्री रमेश लेखकले गहिरो दुःख व्यक्त गरेका छन्।

शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले घटनाबारे विस्तृत जानकारी लिएपछि सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका हुन्। उनले जोखिमपूर्ण उद्धारमा संलग्न प्रहरीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै भने, “शोकलाई शक्तिमा बदल्दै थप सजग र जिम्मेवार भएर काम गर्नुपर्छ।”

गृहमन्त्री लेखकले यस्ता जोखिमपूर्ण कार्यमा संलग्न सुरक्षाकर्मीका लागि जीवन बीमा तथा सुरक्षासम्बन्धी बजेट सुनिश्चित गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। “यस्ता दुःखद् घटना दोहोरिन नदिन सबै पक्षले एथेष्ट सावधानी अपनाउन आवश्यक छ,” मन्त्री लेखकको भनाइ छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बिहीबार कोसी नदीमा अभ्यासका क्रममा हराएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव शुक्रबार बिहान घटनास्थलबाट करिब ३ किलोमिटर तल फेला परेको थियो। शव हाल पोस्टमार्टमका लागि राजविराज लगिएको छ। अर्का बेपत्ता जवान सुरज साउँदको खोजी अझै जारी छ।

गृहमन्त्रीले सुरज साउँदको सकुशल उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै प्रदेश सरकारसँग समन्वय गर्न पनि आग्रह गरेका छन्। राजवंशी इलामको श्रीअन्तु गणमा कार्यरत थिए भने साउँद पर्सास्थित १३ नम्बर गणको दरबन्दीमा रहेर छिन्नमस्ता बाहिनीमा कार्यरत थिए।

घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, निमित्त गृहसचिव जय नारायण आचार्य, शान्ति सुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतको टोली सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once