Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
18.1 C
Kathmandu

सुदूरपश्चिम प्रदेश सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

spot_img

धनगढी,१६ जेष्ठ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । अपराह्न चार बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।

नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चले पनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन ।

मुख्यमन्क्री शाहले नीति तथा कार्यत्रमलाई अन्तिम रुप लिएर प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once