Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

विहेको आश्वासनमा बलात्कार, भारतीय युवक पक्राउ

spot_img

वीरगंज,१४ जेष्ठ । वीरगंजकी १४ वर्षीया एक बालिकालाई विहेको झुठो प्रलोभन दिदैं भारतमा लगेर ६ महिनासम्म राखेर बलात्कार गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन् ।

पिडित बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार, भिस्वामा डेरा लिएर बस्दै आएका पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् । त्यहि बेला उनिसंग प्रेम सम्बन्धमा रहेका पासवानले विहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए । पिडित बालिकाका अभिभावकले छोरी सम्पर्कविहिन भएको भन्दै खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । ती बालिकालाई भारतमा ६ महिनासम्म आँफुसंग राखेका पासवानले यहि जेठ ११ गते वीरगंजमा ल्याई छाडेर फरार भएका थिए ।

त्यसपछि ती बालिकाले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई जेठ १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । पिडित भनिएकी बालिकाले भारतमा लगेर राखेका पासवानले आँफुसंग पटक पटक बलात्कार गरेको बयान दिएको लम्सालले बताए ।

पक्राउ गरिएका पासवानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध करणी सम्बन्धि कसूरमा मुद्धा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once