Date
शनि, जेष्ठ २, २०८३
Sat, May 16, 2026
spot_img
20.1 C
Kathmandu

पर्सामा सडक सुरक्षा लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

spot_img

वीरगंज,०४ जेष्ठ । सडक दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न तथा ट्राफिक नियमप्रति जनचेतना बढाउन पर्सामा एक विशेष ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला ट्राफिक कार्यालय पर्सा, समृद्धि नेपाल र व्यवस्थित वीरगञ्ज अभियानको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैया चोकमा कार्यक्रम सञ्चालन गरिएको हो। पछिल्ला दिनमा उक्त क्षेत्र आसपासमा सवारी दुर्घटनाको संख्या बढ्दै गएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

कार्यक्रममा प्रोजेक्टरमार्फत सडक दुर्घटनासम्बन्धी सचेतनामूलक भिडियो र वृत्तचित्र देखाइएको थियो। बालबालिका, महिला, वृद्धवृद्धा लगायत स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमले समुदायमा गहिरो प्रभाव पारेको बताइएको छ।

कार्यक्रम संयोजक दिलिप राज कार्कीले “रोगले भन्दा पनि ट्राफिक नियम उल्लंघनका कारण धेरै नागरिकले ज्यान गुमाइरहेका छन्,” भन्दै समुदायमै पुगेर यस्ता अभियान सञ्चालन गर्नु समयको माग भएको उल्लेख गर्नुभयो।

ट्राफिक प्रहरी प्रमुख प्र.नि. लोकराज भट्टले अभियानलाई सफल बनाउन स्थानीय सरकार, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै पक्षको सहकार्य जरुरी रहेको बताउनुभयो।

वडा नं. २ का अध्यक्ष रेयाज अन्सारीले विशेषगरी युवाहरूमाझ यस्तो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। समृद्धि नेपालका अध्यक्ष सुरज सरार्फले यस्ता कार्यक्रमलाई पर्सा जिल्लाका अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once