Date
शनि, जेष्ठ २, २०८३
Sat, May 16, 2026
spot_img
20.1 C
Kathmandu

डिजिटल नेपाली क्यालेन्डरको गल्तीले सेवाग्राहीहरुमा भयो ठूलो अन्योल: कम्पनीको चुप्पी प्रश्नाङ्कित

spot_img

वीरगंज, ३ जेष्ठ । नेपालमा दैनिक जीवन र कार्यसम्पादनका लागि व्यापक प्रयोगमा रहेको लोकप्रिय डिजिटल क्यालेन्डर “नेपाली क्यालेन्डर” (Sky Vision Astrological Software द्वारा संचालित) मा अहिले मिति गलत देखाउने गम्भीर समस्या देखा परेको छ । यस सफ्टवेयरको निर्देशक लोकराज पौडेल र विकासकर्ता सुदर्शन पौडेल हुन् । तर, डिजिटल युगमा समेत यस्ता आधारभूत त्रुटि हुनु स्वाभाविक नदेखिए पनि कम्पनीले अहिलेसम्म यसको समाधानमा चासो देखाएको छैन ।

गलत मिति देखिएपछि सेवा प्रयोगकर्ताहरुमा व्यापक अन्योल

नेपालभरिका हजारौं प्रयोगकर्ताहरु यस सफ्टवेयरमा मिति, दिन, तिथि हेरेर दैनिक योजना बनाउँछन् । तर, केही समयदेखि यसमा देखिएको गलत मिति समस्याले प्रयोगकर्ताहरुलाई गहिरो अन्योलमा पारेको देखिन्छ । कम्पनीको ढिलाइ र अपडेट अभावका कारण सेवाग्राहीहरुमा विश्वास गुम्ने खतरा उत्पन्न भएको छ । कतिपय प्रयोगकर्ताले “ यो सफ्टवेयर अब प्रयोग गर्न लायक छैन ” भनी कडा आलोचना समेत गरेका छन् ।

विशेषज्ञहरूका अनुसार, अन्य डिजिटल पात्रोहरू जस्तै नेपाली पात्रो र हाम्रो पात्रोले नियमित अपडेटका साथ सही मिति देखाउँदै गर्दा, नेपाली क्यालेन्डरले हाल सम्म गलत मिति प्रदर्शन गरेको स्पष्ट देखिन्छ ।

यसले स्पष्ट पार्छ कि सफ्टवेयर विकास र व्यवस्थापनमा गम्भीर कमीकमजोरी छ । अब कम्पनीले तत्काल यसमा ध्यान दिएन भने, यसको लोकप्रियता मात्र घट्ने छैन, सेवा प्रयोगकर्ताहरुको भरोसा पनि पूर्णतः समाप्त हुनेछ । सेवाग्राहीहरुको विकल्प खोज्दै जाने सम्भावना देखिएको छ । हाल सेवाग्राहीहरुको ध्यान अन्य अपडेटेड र भरोसेमंद डिजिटल पात्रोहरूतर्फ केन्द्रित हुँदै गएको छ । नेपाली क्यालेन्डरको वर्तमान स्थिति कम्पनीको लागि ठूलो चेतावनी हो । समयमै सुधार नगर्दा कम्पनीको भविष्यमा गम्भीर प्रभाव पर्ने देखिन्छ । यसले हजारौं प्रयोगकर्ताहरुको दैनिक जीवनमा पनि अनावश्यक असुविधा र अन्योल सिर्जना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once