Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
spot_img
16.1 C
Kathmandu

किसानका हातमा आधुनिक उपकरण : गाउँगाउँमा प्रविधिको विस्तार

spot_img

बागलुङ,०३ जेष्ठ । एक दशक अगाडिसम्म परम्परागत खेती प्रणाली अपनाएका बागलुङका किसान पछिल्लो समय आधुनिक यन्त्रको प्रयोग गर्न थालेका छन् ।

उनीहरूले खेतबारी जोत्न, धान, गहुँ काट्न र चुट्न आधुनिक यन्त्रको प्रयोग गर्न थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रसम्मै किसानले यान्त्रिक हलो, ‘थे्रसर मेसिन’, चाप कटरलगायतका यन्त्रहरू प्रयोग गर्दै आएका छन् । कामलाई छिटो हुने र शनक्ति कम लाग्ने हुँदा हिजोआज आधुनिक यन्त्रणको प्रयोग गर्न थालेको गलकाट नगरपालिका–८ का किसान बलिभद्र सापकोटाले बताए । पहिले आठ÷दश मुरी गहुँ काट्नका लागि १२ जना खेतलाले दिनभरि काम गर्नुपरेको स्मरण गर्दै उनले अहिले ‘थ्रेसर मेसिन’ले एकैछिनमा काम गर्न सकिने अनुभव सुनाए ।

उनले भने, ‘गाउँमा पहिले हल गोरूले बारी जोत्ने, थुप्रै खेताला लगाएर धान, गहुँ काट्ने र भित्र्याउने गरिन्थ्यो, अहिले पहिलेको जस्तो खेतला पनि पाइँदैनन्, धेरैले मेसिन लिएर बारीमा काम गर्न थालेका छन्, मान्छेले दिनभरि गर्ने काम मेसिनले एकै घण्टामा गर्छ, धेरै झन्झटिलो पनि भएन, त्यही भएर अहिलेका मान्छेहरू ऋण गरेर भए पनि मेसिन किन्न थालेका छन् ।’

काठेखोलाका किसान कुलप्रसाद कँडेलले बाली लगाउन र भित्र्याउनका लागि मेसिनले ठूलो भूमिका खेलेको बताए । पछिल्लो समय युवा शक्ति विदेश पलायन भएपछि गाउँमा खेतलासमेत पाइन छोडेको उनको भनाइ छ । अब सरकारले हरेक किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउनका लागि सहयोग गर्नुपर्ने कँडेल बताउँछन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बर्सेनि यहाँका किसानलाई ‘मिनिटेल हलो’, चाप कटर, थ्रेसर मेसिनलगायतका यन्त्रहरू अनुदानमा दिँदै आएको बताए । आधुनिक यन्त्रले किसानलाई उत्पादनमा ठूलो टेवा पुर्‍याएको उनको भनाइ छ । ‘परम्परागत खेती प्रणाली विस्तारै कम हुँदै गएको छ, अहिले त गाउँ–गाउँमा आधुनिक हलो, थ्रेसरलगायतका थुप्रै औजारहरू भित्रिएका छन्, जसले किसानको कामलाई सहज बनाएको छ भने, उत्पादनमा पनि केही वृद्धि हुन थालेको हामीहरूले महसुस गरेका छौँ’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले किसानका आवश्यकताका आधारमा अनुदानमा उपकरण दिन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once