Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग: उत्पादन फेरि रोकियो

spot_img

मकवानपुर । एक महिनाअघि पुनः सञ्चालनमा आएको हेटौँडा सिमेन्ट उद्योगको उपकरणमा समस्या आएपछि शुक्रबारदेखि उत्पादन रोकिएको छ । आर्थिक सङ्कटका कारण कोइला लगायतका कच्चापदार्थ तथा अन्य आवश्यक उपकरण किन्न नसक्दा अघिल्ला छ महिनासम्म उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।

उक्त उद्योग तत्कालीन सरकारले वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको हो । उद्योगले वि.सं. २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन थालेको थियो । सरकारको लगानी रु एक अर्ब ५० करोड रहेको यो उद्योगले सुरुमा दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेको थियो । तर उपकरणहरू जीर्ण हुँदा हाल दैनिक उत्पादन १२ हजार बोरामा सीमित रहेको उद्योग व्यवस्थापनको भनाइ छ ।

चार हप्ता अघि व्यवस्थापनले उत्पादन पुनः सुरु गरे पनि अहिले आएर केही उपकरण मर्मत आवश्यक भएपछि तथा केही नयाँ उपकरण खरिद गरी जडान गर्नुपर्ने भएकाले उत्पादन एक हप्ताका लागि रोकिएको निमित्त महाप्रबन्धक विनकुमार कर्णले जानकारी दिए । हाल उद्योगले उत्पादन गरिसकेको सिमेन्ट बोरामा प्याकिङ गर्ने कार्य भइरहेको उनले बताए ।

हाल उद्योगमा प्रशासन, लेखा, भण्डारण, प्राविधिक र मजदुर गरी करिब २०० कर्मचारी स्थायी रूपमा कार्यरत छन् । चुनढुङ्गा भने मकवानपुरको भैँसे, ओखरेखानी तथा धादिङको जोगिमाराबाट दैनिक रूपमा ढुवानी गरेर ल्याइने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once