Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
16.1 C
Kathmandu

फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

spot_img

काठमाडौं,२५ वैशाख । पोखराको फेवातालमा आएको हावाहुरीका कारण एक डुंगा पल्टिएको छ।

सशस्त्र प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा स्ट्यान्डिङ डबल प्याडल प्रकारको डुंगा, जसमा पर्यटक सवार थिए, अचानक आएको हावाहुरीका कारण पल्टिएको हो।

बोटिङको क्रममा फेवातालको बीच भागमा एक्कासि आएको तीव्र हावाहुरीले डुंगा पल्टाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

उक्त डुंगामा भारतका २५ वर्षीया सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति तथा पोखराको गुरुङ गाउँका नेन्दबहादुर गुरुङ सवार थिए।

डुंगा पल्टिएर तालको बीचमा फसेका सबै सात जनाको नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा सकुशल उद्धार गरेको हो।

उद्धारपछि गुरुङको स्वास्थ्यमा समस्या देखिएकाले उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ भने अन्य छ जना पर्यटकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once