Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
29.1 C
Kathmandu

दशैं, तिहार र छठ पर्वको शान्ति सुरक्षाको लागि विशेष छलफल कार्यक्रम सम्पन्न

spot_img

राज दास/
तनहुँ, ०६ असोज । ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको आयोजनामा मिति २०८१।०६।०६ गतेका दिन दशैं, तिहार तथा छठ पर्वको अवसरमा विशेष शान्ति सुरक्षाको लागि स्थानीय सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रम ईलाका प्रहरी कार्यालय बेलचौतारामा आयोजित गरिएको थियो।

उक्त छलफल कार्यक्रममा चोरी, सवारी दुर्घटना, झै-झगडा जस्ता अपराधहरूको नियन्त्रणमा विशेष जोड दिइएको थियो। कार्यक्रमको नेतृत्व इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) पोषण थापाले गरेका थिए।

छलफलमा स्थानीय प्रहरीहरु, कबाडी संघका प्रतिनिधिहरू, मोटरसाइकल ग्यारेज मालिकहरू, यातायात व्यवसायी संघका प्रतिनिधिहरू, सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरू, पेट्रोल पम्पका प्रतिनिधिहरू लगायत स्थानीय जनप्रतिनिधिहरू र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

छलफलको क्रममा उपस्थित व्यक्तिहरूले पर्वहरूमा हुने सम्भावित आपराधिक गतिविधिहरूको रोकथामका लागि आवश्यक सुझाव प्रस्तुत गरे। साथै, स्थानिय सुरक्षालाई अझ सुदृढ बनाउनका लागि समन्वयात्मक रुपमा काम गर्न सबै सरोकारवालाले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले आगामी पर्वहरूको शुभकामना आदानप्रदान समेत गरे। ईलाका प्रहरी कार्यालय बेलचौताराको यो कदमले स्थानीय सुरक्षालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once