दलित समाज कल्याण संघ पर्साको नवौं जिल्ला अधिवेशन सम्पन्न

spot_img

वीरगंज, भदौ १३, २०८१ – नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पर्साको नवौं जिल्ला अधिवेशन वीरगंजको प्रसौनीमा बिहीबार सम्पन्न भएको छ। अधिवेशनले बुनेल रामको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

नवगठित समितिमा निलम देवी उपाध्यक्ष, रामबेनेस पासवान सचिव, उपेन्द्र राम सह-सचिव, र रम्भा देवी माझी कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा शिवदत्त राम, रञ्जु राम, उमेश राम, उर्मिला देवी धाङड, कृष्णा पासवान, र ममता पासवान रहेका छन्।

कार्यक्रम संघका जिल्ला अध्यक्ष रामराज्य रामको अध्यक्षतामा भएको थियो, भने संघका केन्द्रिय उपाध्यक्ष मान बहादुर बिश्वकर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। दलित अगुवा तथा सञ्चारकर्मी बृजलाल पासवानलगायतले पनि अधिवेशनमा आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन कृष्णा पासवानले गरेका थिए।

यो अधिवेशनले दलित समुदायका मुद्दाहरूमा थप ध्यान केन्द्रित गर्दै आगामी दिनका लागि योजना तयार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once