Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
18.1 C
Kathmandu

टाटा सुमोको तेल ट्याङ्कीमा फल्स बटम बनाई लागुऔषध कारोबार गर्ने पक्राउ

spot_img

काठमाडौँ,०२ भदौ । काठमाडौँ र ललिपुरबाट लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमााडौँको बौद्धबाट २९ वर्षीय विजय परियार र ललितपुर महानगरपालिका २ बाट भारतीय नागरिक बीरबल महतोलाई पक्राउ गरेको हो ।

परियारलाई लागुऔषध जाइट्राभेट ५२५० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै महतोलाई नाइट्राजेपाम९०३० ट्याब्लेट तथा डाइजेपाम ६००, बुप्रेनोर्फिन ५९८ र फेनारगन ५९१ एम्पुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

महतोले भारतीय नम्बर (वी आर 06 पि A2090) को रातो रङको टाटा सुमो गाडीको इन्धन राख्ने ट्याङ्कीमा फल्स बनाई लागुऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । महतोले पटक पटक भारतका रक्सोल हुँदै काठमाडौँमा लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । महतो भारत विहार पुर्वी चम्पारण जिल्ला रक्सौलका नागरिक हुन् ।

परियारले पनि लामो समयदेखि काठमाडौँमा लागुऔषध कारोबार गर्दै आएको खुलेको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दमा म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once