Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

spot_img

काठमाडौं,१९ साउन । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेपालले उज्वेकपस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once