Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

सर्लाहीबाट स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

spot_img

जनकपुर,१९ चैत । सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् ।

आइतबार प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आरिफ अन्सारीले मलंगवा ९ मा फोन सिटी मोबाइल पसल सन्चालन गरेका छन् । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once