Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

कति वर्ष राजनीति गर्ने, कति वर्ष जेल बस्ने मलाई मतलब छैन : गृहमन्त्री लामिछाने

spot_img

काठमाडौँ,१७ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कति वर्ष राजनीति गर्ने, कति वर्ष जेलमा बस्ने मतलब नभएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचनका लागि उम्मेदवारी सार्वजनिक कार्यक्रममा बोल्दै लामिछानेले राजनीतिमा आएपछि धेरै गाली गलौच, चरित्रहत्याको सामना गरेको बताए ।

राजनीतिमा नआएको भए आफूले धेरै बदनामी, चरित्रहत्या र गाली खान नपर्ने बताउँदै भने– ‘बिहान उठ्यो सरापेको दृश्य हेर्‍यो, बिहान उठ्ने बित्तिकै विभिन्न आरोप लगाएका हेडलाइन पढ्नु के आवश्यकता थियो होला र ? गाउँ ठाउँ चोक बस्ती हिलो मैलो धुलो असिना पानी सहँदै हात जोड्दै हिँडन आवश्यकता थियो होला र ? आफ्नो ठाउँमा केही गर्न सक्षम हाम्रा साथीहरूले केही न केहीका मान्छेको आलोचना सुनेर बस्नुपरेको छ । एउटा पुस्ताले त्याग नगरी मुलुक बन्दैन हामी त्याग गर्न आएका हौँ ।’

उनले आफ्नो जति चरित्र हत्या गरे पनि, चाहे जेल कोचे पनि, चाहे जतिसुकै दुःख दिए पनि देशको संसद्‌मा योग्य मान्छे लिएर जाने प्रतिबद्धताका साथ इलाम आएको बताए । होनहार मिलन लिम्बु, स्वर्णिम वाग्ले, बिराज श्रेष्ठ जस्ता एकसे एक मान्छेलाई संसद्‌मा लिएर जाने आफ्नो लक्ष्य भएको उनले बताए ।

लामिछानेले भने– ‘राजनीतिमा कति वर्ष बिताउने हो मलाई थाहा छैन, जेलमा कति वर्ष बिताउने थाहा छैन, अनुसन्धानको नाममा जेल पठाउलान् त्यसमा मतलब छैन तर संसद्मा योग्य मान्छे लिएर जाने हो । जेल जाने मात्र हैन जेल पठाउने आँट समेत गरेर इलाम झरेका छौँ ।’

चुनावका बेला आश्वासन दिने र केही नगर्ने प्रवृत्तिबाट आजित भएर राजनीतिमा आउन नपर्ने मान्छे लिएर राजनीतिमा आएको उनले बताए । इलाममा पार्टीले अकबरे खुर्सानी जस्तै उम्मेदवार लिएर आएको बताउँदै चुनावपछि संसद्‌मा अर्को सिट थपिने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once