Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंज आईसिपीबाट ७ महिनामा १४ अर्ब ८९ करोड बढीको खाद्यान्न आयात

spot_img

वीरगंज,१० फागुन । मुलुकको प्रमुख भन्सार नाका वीरगजकाे आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ ।

वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको बीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी बीरगन्ज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको भित्रिएको छ भने चामलको कनिका २ अर्ब ५६ करोड ६१ लाख ८५ हजार मूल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै र कनिका लगायतका खाद्य सामग्रीबाट वीरगञ्ज भन्सारले ८६ करोड १६ लाख ५ हजार राजस्व असुली गरेको बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए।

गत वर्ष बीरगन्ज नाकाबाट सो अवधिमा १४ अर्ब २ करोड ७ लाख ६९ हजार मूल्य बराबरको धान, चाम, मकै, फापर कोदो तथा कनिका लगायतका खाद्यान्न भित्रिएको र सो बापत ८२ करोड ५८ लाख ५८ हजार राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once