Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

बारामा भएकाे सवारी दुर्घटनाका मृतक र घाइतेहरुकाे पहिचान खुल्याे

spot_img

बारा,०९ फागुन । त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभारमा बुधबार बिहान भएको सवारी दुर्घटनाका घाइते र मृतकको पहिचान खुलेको छ । बुधबार बिहान बोलेरो जीप र मालबाहक ट्रक एकआपसमा ठोक्किदा भएको दुर्घटनामा एक भारतीय नागरिकसहित दुई जनाको मृृत्यु र चार जना घाईते भएका थिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोटकाे विदुर नगरपालिका ९ कोल्नीका ३० वर्षीय चालक सुजन मगराती र भारत बिहारकाे मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् । दुवै जना बोलेरोमा सवार थिए ।

दुर्घटनामा घाईते हुनेमा जीपमा सवार तीन भारतीय र ट्रकका चालक रहेका छन् । प्रहरीका अनुसार २२ वर्षीय राहुल चौधरी, १७ वर्षीय सुदीप चौहान र १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बारा परवानीपुर ४ घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ हुलास बस्ने ३० वर्षीय रवी पटेल घाइते भएका छन् ।

घाइतेहरुको एलएस न्युरो अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

जीतपुरसिमरा १ स्थित आधाभार जंगलमा पथलैयाबाट हेटौंडा जाँदै गरेको ना६ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया आउँदै गरेको बागमती प्रदेश ०१–०२६च १३३४ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once