Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
17.1 C
Kathmandu

लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलले आफ्नो शिक्षिका एवं कर्मचारीहरुलाई ‘सँस्था एक परिवार’ सम्बन्धी एकदिने तालिम

spot_img

वीरगंज,०८ फागुन । वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलले आफ्नो शिक्षिका एवं कर्मचारीहरुलाई ‘सँस्था एक परिवार’ सम्बन्धी एकदिने तालिम दिएको छ । विद्यालयमा बालबालिकाहरुलाई हेरचाहदेखि अध्यापन गराई रहेका शिक्षिकाहरुलाई साना साना बालबालिकाहरुसँग कसरी व्यवहार गर्ने, उनीहरुको दैनिकी क्रियाकलापहरुलाई प्रयोगात्मक तरिकाले कसरी सिकाउने, अभिभावकहरुसँग कसरी व्यवहार गर्ने लगायतको बारेमा तालिम दिइएको थियो ।

तालिममा वीरगंज युवा समाजका सँस्थापक अध्यक्ष कमल चौगाईले प्रशिक्षण दिएका थिए । स्कुलमा अध्ययनरत साना साना बालबालिकाहरुलाई शिक्षक, शिक्षिकाहरुले पढाउँदै, सिकाउँदै, खेलाउँदै एवं दैनिकी क्रियाकलाहरुलाई प्रयोगात्मक तरिकाले देखाई अध्यापन गराउने कार्यले नै एक वर्षको अन्तरालमा अभिभावकहरुको मन जित्न सफल भएकोले सम्पूणर् विद्यालय परिवारको मेहनतलाई धन्यवाद समेत दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार बलको सभापतित्वमा आयोजित कार्यक्रममा माउण्ट मकालु स्कुलका प्रधानाध्यापक राहुल श्रीवास्तव, समाजवादी प्रेस संगठनका सदस्य एवं विद्यालयका प्रेस सल्लाहकार दिपु वणर्वाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once