Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

spot_img

काठमाडौं,२४ माघ । तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा गत असारमा पोखरामा बसेको परिषदको पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने विषयमा छलफल हुने छ । पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ । ‘संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्र संविधानमा उल्लेख भए पनि कतिपय अस्पष्ट विषयलाई कार्यविस्तृतीकरणले थप स्पष्ट पार्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘सम्भवतः आजको बैठकबाट कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने काम हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once