वीरगंज २८, पर्सा । आज मिति २०८० पुष २८ गतेका दिन डिएभि स्कुलमा जारी श्री शंकर लाल केडिया मेमोरियल इन्टर स्कुलले भव्यताका साथ फुटबल प्रतियोगिता गराएको छ । आज सम्पन्न फाईनल खेलमा मोडर्न स्कुलले मुनलाईट स्कुललाई १/० गोलले पराजित गरी बिजय भएको छ ।
खेलमा प्रथम हुने स्कुललाई पुरस्कार स्वरुप नगद रू.१५,०००।- र दोस्रो हुने स्कुललाई नगद रु. १०,०००।- गरी सिल्ड, मेडल र प्रमाणपत्र समेत प्रमुख अतिथिबाट बितरण गरिएको हो । यस प्रतियोगितामा १० वटा स्कुलहरुको सहभागिता रहेको थियो भन्ने डिएभिका प्रिन्सिपल राकेश मिश्राले जानकारी दिए ।






