Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार गर्ने सिरहाका मिटरब्याज पीडितको निर्णय

spot_img

जनकपुर,१३ पुस । सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने भएका छन् ।

प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडित संघर्ष समितिले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने गरिन्छ ।

यस्ता छलफलमा पीडितको पक्षमा प्रशासन नहुने भएकाले बहिस्कार गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक मनोज पासवानले जानकारी दिए । बिहीबार सिरहामा मिटरब्याज पीडितहरुको बैठक बसेको थियो । सो बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘पीडितको घरमा आगो लगाउने, लागूऔषधको कारबारी रहेको भनेर फसाउने, जग्गा हडप्ने, लगाएको बालिनाली नष्ट गरिदिने, न्यायालय परिसरमा गालीगलौज तथा कुटपिट गर्ने, कानुनसम्म व्याज नलिई चर्को ब्याज लिने जस्ता जघन्य अपराधमा समेत प्रहरी प्रशासन मूकदर्शक भएर सीडीओ र सुरक्षा निकाय बस्ने गरेको छ । यही अवस्थामा हामी प्रजिअ र सहप्रजिअको रोहबरमा हुने छलफल पूर्णरुपले बहिस्कार गर्ने निर्णय गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालयमा पीडितहरु धाउँदा पनि समयमा न्याय नपाएको र आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once