अमित सक्सेना/पर्सा । आज मिति २०८०/०८/२३ गतेको दिन एक्सन एड नेपालको आर्थिक सहयोग र युथ हब पर्साको आयोजनामा ३२ औँ लैङ्गिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय अभियान मनाउने क्रममा जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.-४ भतौरा टोलमा बालबिवाह तथा दाइजो विरुद्ध नाटक कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश कुमर चौधरीको प्रमुख अतिथ्यमा मनइयो । चौधरीले कलिलो उमेरमा बाल बिवाह गर्नु हुदैन र दाइजो लिनु हुदैन बताउनु भयो । यसकार्यक्रममा गा. पा. उपाध्यक्ष ममता मह्तो, स्थानीय युवाहरु, स्थानिय व्यक्तिहरु तथा किशोरी समुहको सहभगि रहेको थियो ।





