Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
20.1 C
Kathmandu

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

spot_img

काठमाडौं,४ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ ।

बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।

यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान पदाधिकारीको बैठक बस्दैछ । एजेन्डाबारे थप छलफलका लागि पदाधिकारी बैठक बसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once