Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

spot_img

वीरगंज, २९ भदाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच भएको सहमति अनुसार उच्चस्तरी आयोग गठन प्रक्रिया सुरू भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले साउन ३ गते बरामद ६१ केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलकहाँ बुझाइसकेको बताए ।

सीआईबीले बुधबार मात्रै सुन तस्करी प्रकरणमा २६ जनालाई मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाएको छ। सीआईबीले अध्ययन सकाएसँगै उच्चस्एतरीय छानबिनको प्रक्रिया अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका हुन् ।

यो प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले ३२ जनालाई पक्राउ गरेका थिए। त्यस्तै १८ जना फरार छन्।

जसमध्ये २६ जनालाई मात्रै मुद्दा चलाउने रायसहित सीआईबीले अनुसन्धान प्रतिवेदन घटनाको ५७ औँ दिनमा सरकारी वकिलकहाँ बुझाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once