Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
20.1 C
Kathmandu

६० किलो सुन तस्करी प्रकरणका ३२ अभियुक्तलाई हिरासतमा राख्न ४ दिन म्याद थप

spot_img

काठमाडौं,२६ भदाैं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन थप भएको छ ।

यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएकोमा बुधबार चार दिन थप भएको हो ।

ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once