Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

नेम्वाङकाे अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारकाे निर्णय

spot_img

काठमाडाैँ,२६ भदाै । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिनुका साथै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेकाे हो ।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको थियाे। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।

नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगो देश नै मर्माहत भएको छ। नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once