Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

अन्तर-बैङ्क क्रिकेट प्रतियोगिताकाे उपाधि नबिल बैङ्कले जित्याे

spot_img

वीरगंज । नेपाल राष्ट्र बैङ्ककाे ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगंज कार्यालयले आयाेजना गरेको अन्तर – बैङ्क क्रिकेट प्रतियोगिता २०८० काे उपाधि नबिल बैङ्कले जितेकाे छ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा आइतबार भएको प्रतियाेगिताकाे फाइनल खेलमा हिमालयन बैङ्कलाई २० रनले हराउँदै नबिल बैङ्क विजयी भएकाे हाे । विजेता र उप-विजेता टिमलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक अजित रेग्मी र उप-निर्देशक रचना शर्मा पराजुलीले पुस्कृत गरेका थिए ।

नेपाल राष्ट्र बैङ्क लगायत अन्य २२ वटा बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान हिमालयन बैङ्कका अरविन्द यादव, उत्कृष्ट बलर नबिल बैङ्कका रोशन मिश्रा, उत्कृष्ट फिल्डर माछापुच्छ्रे बैङ्कका किरण नेपाल र उत्कृष्ट महिला खेलाडी राष्ट्र बैङ्कका इशा भुजेल घाेषित भएका थिए ।

नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक नरेश सर्राफ उक्त प्रतियोगिताको संयोजक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once