Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
29.1 C
Kathmandu

जातिय विभेदमा लागेकाहरु अपराधि हुन् : उपेन्द्र यादव

spot_img

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवारद उपेन्द्र यादवले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्ने कुरामा जोड दिएका छन् । महागढीमाई नगरपालिकाको बिभिन्न वडाहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रममा बोल्दै नेता यादवले अहिलेको आवश्यता एकताको रहेको बताए ।

उनले जब जब नेपालका लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छन्, देशको लोकतन्त्र मजबुत भएको बताए । अहिलेको मुल आवश्कता शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको सुधार तथा गरिबी, बेरोजगारी, जातिय बिभेद उन्मुलन रहेको कारण गठबन्धनको उमेदवारलाई भोट दिन यादवले सबैमा अपिल गरे ।

जातिय बिभेद गर्नु समाजिक अपराध भएको कारण यस्ता क्रियाकलापमा लागेकाहरु अपराधी रहेको उनकाे भनाई थियाे । उनले केहि गैर लोकतान्त्रिक शक्तिहरु मधेशीलाई लडाएर निरकुंश सत्ता लादन खोजी रहेको कारण त्यसता शक्तिबाट सचेत रहनु पर्ने सबैलाई आग्रह समेत गरे । एकतामै बल रहेको कारण सबै मिलेर विकासको मुल फुटाउनु पर्ने यादवको तर्क थियो ।

५ दलिय गठबन्धनका उमेदवार उपेन्द्र यादवले सोमवार बिहान महागढीमाई नगरपालिकाको वडा नं. १ सेमरा त्यसैगरी वडा नं. ६ को पत्तरहटी र बर्वा लगायतको टोलहरुमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको हुन् ।

घरदैलो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रामकिशोर यादव, नेपाली कांग्रेसका सभापती राजेशराय यादव, जसपा बारा अध्यक्ष रामबाबु प्रसाद यादव, महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादव, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौलागाई सहित गठबन्धन दलका स्थानिय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once