Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

विल विजकभन्दा बढी माल लोड ट्रक राजश्व कार्यालयलाई बुझाइयो

spot_img

वीरगञ्ज । बिल विजकभन्दा बढी सामग्री लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा विभिन्न किसिमको खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चैत्र ७ गते वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवाव्स्थामा घण्टाघर निजैकैबाट नियन्त्रणमा लिएको थियो ।
ट्रक पक्राउ गरिएको विषयमा पर्सा प्रहरीले जारी गरेको प्रेस नोटकाअनुसार वीरगञ्ज-८ घण्टाघर स्थित सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू चेकजाँच गर्दा उपलब्ध विल विजकमा उल्लेख गरिएको मात्रभन्दा धेरै रहेको पाइएको थियो ।
सोको आधारमा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले बताए । डिएसपी बुढाथोकीकाअनुसार ट्रकबाट अनूमानित ३८ लाख ८० हजार ३८५ रुपैयाँ बराबरको मालसामान बरामद गरिएको छ ।
बरामद मालसामानलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज चैत्र १९ गते बारा जिल्लास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once