Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

पकहाँ मैनपुरमा सुरक्षा निकाय र स्थानीय तह बिच अन्तरक्रिया

spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत आइतबार सुरक्षा निकाय र स्थानिय तह बिचकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँ कार्यपालिका कार्यालय पकहाँ मैनपुरकाे प्राङ्गणमा भएकाे कार्यक्रममा वाेल्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद व्यवस्थापनकाे लागि पूर्व तयारीमा रहनु पर्ने वताए । जिल्ला स्तरिय विपद् व्यस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारी रेग्मीले अहिले हवाहुरीकाे समय सुरु भइसकेकाेले आगलागी लगायतकाे विपदबाट बाच्न स्थानिय विपद् व्यवस्थापन समितिकाे बैठक बसेर आवश्यक तयारी थाल्न सुझाव दिए ।

कार्यक्रममा उठेकाे सवाल र प्रश्नकाे जवाफ दिदै उनले वडा स्तरिय सुरक्षा समन्वय समिति गठन गरेर प्रहरीसंगकाे समन्वयमा समस्या समाधान गर्नु पर्ने वताए ।

उनले भने “चाेरी, तस्करी लगायतकाे समस्या समाधानकाे लागि तपाईहरुले सहयाेग गरिदिनुस् । स साना चाेरीकाे समस्याहरु प्रहरीले समाधान गरिदिन्छ । तस्कर काे हुन् ? घरायसी प्रयाेगकाे लागि कस कसले सामान ल्याएका हुन्, त्यसकाे जानकारी तपाईहरुले स्थानिय स्तरकाे सुरक्षा समन्वय समितिबाट जानकारी गराइदिनु पर्याे ।”

अन्य समस्याकाे हकमा पनि प्रहरीले के गर्दिदा हुन्छ, त्यस बारे पनि समिति मार्फत प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे । प्रहरी, प्रशासन तपाईहरुकाे साथमा रहेकाे उनकाे भनाई थियाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल साहले नियम सम्बत बिना भन्सार कुनै पनि सामान ल्याउन नपाईने वताउँदै आफुहरु यहि समाजको भएकोले ब्यवहारिक हिसाबले छुट दिएको वताए । तर यसको मतलब चेक नै गर्न नपाउने गलत कुरा भएको वताए ।

उनले भने “आफुहरुको नियत अनावश्यक हैरानी र दु:ख दिने हाेइन । यस प्रती आफुहरु सजक छाैं ।” उनले सानो तिनो चोटपटकको घाइते मानिसको आईसियुमा भर्ना हुने बारे आफुहरु अनुसन्धान गर्ने वताए ।

उनले पनि वडाध्यक्षकाे अध्यक्षतामा गठन गर्नु पर्ने वडा स्तरीय सुरक्षा समन्वय समिती गठन गरेर त्यहाँको समस्या त्यही समाधान गर्न वातावरण बनाउनु पर्ने वताए । जुन समितिकाे सचिव स्थानिय प्रहरी रहने व्यस्था रहेकाे उनले जानकारी गराए । पकहाँ मैनपुर गाउँपालिका भित्र अवैध रुपमा संचालनमा रहेकाे रक्सी भठ्ठीहरु तत्काल भत्काउन ईप्रका पोखरिका प्रहरी निरीक्षक माेहन बिक्रम केसीलाई कार्यक्रम मै उनले निर्देशन समेत दिए ।

सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले घरेलु प्रयोजनको लागि ल्याउने सामानहरु नरोक्ने निर्देशन दिइएकाे वताए । यसका साथै मल खाद पनि ल्याउन दिन निर्देश दिइएकाेले कसैले पइसा मांगे आफुलाई खबर गर्न आग्रह गरे ।

आफुहरुको काम तस्करी र अपराध नियन्त्रण गर्न भएको वताउँदै घरायसी प्रयाेजनकाे लागि रोकटोक नभएको वताए ।

गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष सरफुन नेसा, प्रमुख प्रशासकिय अधिकृत राज कुशावाहा, वडाध्यक्षहरु विनाेद मेहता, बलिराम चाैरसिया लागयतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण अनिल साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once