Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

वीउवासंघको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण

spot_img

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघको ४७ औं साधारण सभाबाट निर्विरोध सर्वसम्म निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् । उनले नव निर्वाचित अध्यक्ष अनिल अग्रवाल सहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
यही चैत १ गते सम्म वीरगंज उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभाको दुई दिनपछि भएको बन्द शत्रबाट अनिल अग्रवालको अध्यक्षतामा पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका थिए । चयन भएका पदाधकिारीहरुमा प्रथम उपाध्यक्षमा हरि प्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष कुमार लाठ, सचिवमा सुशान्त चाचान र प्रेमचन्द गोयल निर्विरोध निर्वाचित भएका थिए । यसैगरि सह–सचिवमा निरज अग्रवाल, नरेश कुमार अग्रवाल, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सह कोषाध्यक्षमा अनुज रुंगटा समेत निर्वीरोध चयन भएका थिए ।
प्रमुख अतिथि बरिष्ठ उद्योगपति बाबुलाल चाचानले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेको सपथ ग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्षहरु गोपाल केडिया, निवर्तमान अध्यक्ष सुबोध गुप्ता, प्रतिनिधिसभा सदस्य विना जयसवाल, प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै निवर्तमान अध्यक्ष सुबोध गुप्ताले सरकारले निजी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न नसकेको बताएका थिए । उनले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई प्रोत्साहनको निम्ति जग्गा उपलब्ध गराउनुपर्ने, सुरक्षाको ग्यारेन्टीको व्यवस्था गर्नुपर्ने, बैंक सहुलियत प्रदान गर्नुपर्ने, व्यापार घाटा कम गर्नुपर्ने, एतिहासिक बोर्डर बनाउनुपर्ने, डिजिटल सेक्युरिटि सिस्टम लागुपर्ने, ठूलो निजी लगानीकर्ताहरुको लागि छुट्टै प्रोटोकलको व्यवस्था गर्नुपर्ने, ट्रान्सपोर्टहरुलाई अविलम्ब व्यवस्थापन गर्नुपर्ने तर्फ सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once