Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

भूमि आयोगद्वारा सखुवा प्रसौनीमा अभिमुखीकरण, एक हजार २१५ जनाको विवरण संकलन

spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरण गरेको हो ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरणमा भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले प्रशिक्षण दिएका थिए । अध्यक्ष अहमदकाअनुसार सखुवा प्रसौनीमा १ हजार २ सय १५ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये ८ सय ८० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने ३ सय ३५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।
सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती पुर्नगठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ । अभिमुखीकरणमा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष र वडा सचिव, कार्यपालिका सदस्य, कर्मचारी, कर्मचारीसँगै अमिन सनोज पटेल र भूमि आयोगका कर्मचारीद्वय भरत प्रसाद कानु, रमेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once