Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

मन्दिरको जग्गा अगाडी स्वास्थ्य चौकी भवन बनाउन खोज्दा झडप, एक दर्जन घाइते

spot_img

वीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुरमा स्वास्थ्य चौकी र मन्दिर निर्माणको बिषयमा झडप भएको छ । श्री राधा कृष्ण मन्दिरको जग्गाको अगाडी स्वास्थ्य चौकीको भवन निर्माणको लागि वडा कार्यालयले बुधबार नाप नक्सा गर्न खोज्दा स्थानियले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीले स्थानियहरुको अवरोध हटाउन लाठी लार्ज गर्दा एक दर्जन व्यक्तिहरु घाइते भएको स्थानियहरुले वताएका छन् । स्थानियका अनुसार विकास यादव, भास्कर यादव, लक्षुमण यादव, गोकुल यादव, दुर्गा यादव, हेमन्त यादव, ओउम् यादव लगायतका घाइते भएका हुन् । घाइते मध्येका गोकुल यादवको सिमरास्थि अलपाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरले विकास यादव, भास्कर यादव, दुर्गा यादव, भुषण यादव, हेमन्त यादव, ओउम् यादव, सन्दिप यादव, पृथ्वी यादव, रामचन्द्र यादव, आशा कुमारी यादव लगायतकालाई नियन्त्रणमा लिएको हो । स्थानियहरुले श्री राधा कृष्ण मन्दिर तथा धर्मशालाको खरिद गरेको जग्गा अगाडीको सार्वजनिक जग्गामा वडा कार्यालयले स्वास्थ्य चौकीको भवन निर्माण गर्न खोजेपछि विवाद भएको हो । अक्रो ठाउँमा स्वास्थ्य चौकीको दुई तत्ले भवन र प्रयाप्त मात्रामा जग्गा भएपनि वडाध्यक्ष सुल्तान अन्सारीले मन्दिर बन्न नदिने उद्देश्यले मन्दिर बनाउन लागिएको जग्गा अगाडी फेरी अक्रो स्वास्थ्य चौकीको भवन बनाउन खोजेको स्थानियहरुको आरोप छ ।
भोली चैत १६ गते बिहिबार राधाकृष्ण मन्दिरको शिलान्यास कार्यक्रम तय गरिएको र सो कार्यक्रमको निमन्त्रणा समेत बाँडि सकिएको अवस्थामा त्यसको एक दिन पहिला मात्र प्रहरीको सहयोगमा वडाध्यक्ष अन्सारीले सोही जग्गा अगाडीको सार्वजनिक जग्गामा स्वास्थ्य चौकीको भवन निर्माणको लागि नाप नक्सा गर्न पुग्नु वडाध्यक्षको नियत प्रति शंका उत्पन्न भएको स्थानियहरुको भनाई छ । प्रहरीले पनि वडाध्यक्षको निर्देशनमा स्थानिय माथि ज्यादती गरेको स्थानियहरुको आरोप छ । यस बिषयमा बुझ्न वडाध्यक्ष अन्सारीलाई मोबाइलमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले स्वास्थ्य कार्यालयको भवन निर्माण गर्न खोज्दा अवरोध गर्नेहरुलाई नियन्त्रणमा लिइएको वताए ।
उनले भने “गत बर्ष पनि स्वास्थ्य कार्यालयको भवन निर्माणको बजेट छुट्टेयाइएको थियो तर गत बर्ष बजेट पनि स्थानियहरुको अवरोेधका कारण फ्रिज भयो । यो बर्ष पनि निर्माण गर्न खोज्दा अवरोध गरेपछि विवाद भएको हो ।” प्रहरीले लाठी चार्ज नगरेको भन्दै उनले अवरोध गर्नेहरुको ढुंगामुडा नै लागेर एक जना घाइते भएको दाबी गरे । प्रहरीले बल प्रयोग गरेर स्वास्थ्य चौकीको निर्माण कार्य सुरु समेत गराएको छ । मन्दिर शिलान्यास हुने एकदिन अगाडी प्रहरीको सहयोगमा वडाध्यक्ष अन्सारीले स्वास्थ्य चौकीको शिलान्यास गराएको स्थानियहरुले वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once