Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

विभिन्न निर्णय गर्दै विपद् व्यवस्थापन समिति पर्साको बैठक सम्पन्न

spot_img

वीरगंज । विपद् ब्यवस्थापन तथा पुर्व तयारी समिती पर्साको बैठक शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले अब गर्मीयाम शुरु हुन लागेकोले पूर्व तयारी रहनुका साथै बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ । विपद् व्यवस्थापन समिति पर्साका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले पालिकामा तथा विपद् ब्यवस्थापन समितीमा रहेको दमकललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
पर्साका वीरगंज महानगरपालिकामा ४, पोखरीया नगरपालिकामा १, पर्सागढी नगरपालिकामा १, सखुवा प्रसौनी गाउँपालिकामा १ र विपद् ब्यवस्थापन समितीमा १ गरी पर्सामा ८ वटा दमकल रहेको छ । बैठकमा छलफलको क्रममा बाकी रहेका पालिकाहरुले पनि दमकलका लागी बजेट बिनियोजन गरी खरिद गर्नु पर्ने, गाउँमा रहेका ईनार, पोखरी, तलाउ, कुवाहरुलाई संरक्षण गर्नु पर्ने, आगलागी निभाउन बिभिन्न किसिम्मका नयाँ उपकरणहरु खरिद गर्नु पर्ने तथा सुरक्षाकर्मीहरुले निर्धारित समयमै घटना स्थलमा पुग्नु पर्ने जस्ता बैठकमा छलफल भएको हो ।
बैठकले यहि बर्षको पुस १ गते देखी चैत्र ५ गते सम्म जिल्ला विपद् ब्यवस्थापन समितीबाट आगलगीबाट घर क्षती भएका एक्कतीस जना घरपरिवारलाई ४ लाख ८ हजार, सखुवा प्रसौनी गाउँपालिका १ का शिवनारायाण दास थारुलाई चटयांग लागी मृत्यु भएका निजका परिवारलाई राहत स्वरुप दुई लाख, शितलहरबाट प्रभावित पालिकाहरुमा सिरक, डस्ना, कम्बल लगायत सामग्रीहरुको खरिद गरिएको रु ९ लाख ९८ हजार बाईस रुपैया गरी १६ लाख ६ हजार बाईस रुपैया खर्च समर्थन गर्ने समेत निर्णय गरेको छ ।
आगलागीलाई रोकथाम गर्न, पत्रकार, गैरसरकारी संस्था, सुरक्षाकर्मी स्थानिय तह, समन्वय गर्ने, आगलागी नियन्त्रणका लागी बिस प्रकारको सामग्री सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । यसैगरी विपद् ब्यवस्थापनलाई असर नगर्ने गरी सार्वजनिक जग्गामा स्वास्थ्य संस्था, अस्पताल भवन निमार्ण गर्न विपद् ब्यवस्थापन समितीको बिभिन्न मितीमा भएको निर्णय र सिफारिसको आधारमा भवन निमार्ण गर्न स्वीकृती दिने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत कृष्णा कुशवाहाले जानकारी दिए ।
बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका सुरेन्दर गुप्ता, नेकपा एकीकृत समाजवादीका सुबदार यादव, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साह, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह लगायत बिभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once