Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

spot_img

वीरगंज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का सुदामा महतो गम्भिर घाइते भएका हुन् ।
दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट गम्भिर घाइते भएका महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलि क्लिनिकमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएको छ ।
वडा नम्बर २ का वडाअध्यक्ष बिजय गैरेले आफुले एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि केही रकमसमेत दिएर थप उपचारका लागि वीरगन्ज पठाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once