Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

ठाराब क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन पहल

spot_img

वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्तभित्रै गराउन पहल थालिएको छ । देशभरिका क्याम्पसमा चैत ५ मा भएको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने विवादका कारण स्थगित गरि क्याम्पस प्रशासनले जेठ १३ गते गर्ने निर्णय गरेको थियो । तर चुनाव पक्षधर विद्यार्थी संगठन र नेताहरुले भने निर्वाचन यहि चैत मसान्तभित्रै हुनुपर्ने माग राखेर क्याम्पसमा तालाबन्दी गर्नुका साथै बुधबारदेखि चरणबद्ध आन्दोलन पनि थालेका थिए ।
त्यसैलाई मध्यनजर गरि बिहिबार चुनाव पक्षधर विद्यार्थी नेताहरु र क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया सहितको बैठक बसेर स्थगित निर्वाचन यहि चैत मसान्तभित्र गर्ने गरि तालबन्दी लगायतका विद्यमान समस्या सामधान गर्ने सहमति गरिएको छ । क्याम्पसमै बिहीबार बसेको बैठकमा विद्यार्थी नेताहरुको माग अनुसार चैत मसान्तभित्र स्ववियु निर्वाचन गर्नका लागि सबैले पहल थाल्ने , क्याम्पसमा गरिएको तालाबन्दी खोल्ने , यसअघि प्रकाशित मतदाता नामावली छानबिन गरि फेरि अर्को मतदाता नामावली प्रकाशन गर्ने , चुनावी प्रकृया अगाडि बढाउन देखिएका समस्या सामधानका लागि क्याम्पस प्रशासनका तर्फबाट डेलिगेसन टोली त्रिविमा जाने सहमति गरिएको छ ।
बिहीबारको बैठकमा क्याम्पस प्रमुख चौरसिया, सहायक क्याम्पस प्रमुख मोहन प्साद यादव, निर्वाचन अधिकृत रोशन लामिछाने, अन्य प्राध्यापकहरु, कर्मचारी , विधार्थी संगठन र समुहका नेताहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once