Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

ठोरीमा बाघको आतंक, गोठमा पसेर बाख्रा र पाडा मार्याे

spot_img

वीरगंज । पर्साको ठोरीमा पाटे बाघको आतंक बढेको छ । बाघले एक किसानको गोठमा रहेको बाख्रा र पाडा मारेको छ । सोमबार राति १२ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कीएको पाटे बाघले ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडाका मिकमर लामाको गोठमा पसेर बाख्रा र पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।
गोठमा रहेका ६ वटा बाख्रा र १ पाडो मारेको पीडित लामाले बताए । बाघ गोठमा प्रवेश गरी आक्रमण गरेको थाहा पाएलगत्तै लामा दम्पतीले सहयोगका लागि गाउँलेलाई बोलाएका थिए । त्यसपछि उनीहरुले निकुञ्जका कर्मचारी र आर्मीको सहयोगमा मंगलबार बिहान ४ बजे मात्र बाघ जंगलतर्फ धपाउन सफल भएका थिए ।
लामाले बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति भएको वताए । बाघ फेरि गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once