Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

अवैध लागु औषध सहित यादव जना पक्राउ

spot_img

वीरगंज । प्रतिबन्धित लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १५, भिष्वा निवासी २० बर्षिय बलजित यादवलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिकाको वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डमा शनिबार राति ९ः३० बजेको समयमा भारत रक्सौलबाट वीरगंज तर्फ जादैगरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा लागु औषध ओनरेक्स १०० एमएल लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
उक्त ई–रिक्सा चालक यादवले ई–रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेला परेको लागु औषध ओनरेक्स, ई–रिक्सा र ई–रिक्सा चालक यादव समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once