Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
25.1 C
Kathmandu

कपोकल्पित र भ्रामिक पत्रकारिता नगरौं : मेयर सिंह

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनतामा भ्रम फैलाउने खालको पत्रकारीता नगर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् । वीरगंज महानगरको सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्साले आयोजना गरेको तीन दिने पत्रकारीता तालिममा सहभागि सञ्चारकर्मीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् । सिंहले भने, ‘गलतलाई सहि र सहिलाई गलत बनाएर समाचार लेख्ने प्रवृति पनि छ । यसले जनतालाई सत्यतथ्य सूचना भन्दा पनि भ्रमित पार्ने काम हुन्छ । यस्तो पत्रकारीता नगरिदनुस् भन्ने मेरो आग्रह छ ।’ उनले समाजमा रहेका विकृति र सरकारी निकायका बेथिती उजगार गर्न पत्रकारको महत्वपूर्ण भूमीका रहने भएकाले कसैको दबाब र प्रभावमा नपरि पत्रकारीता गर्न आग्रह गर्दै भने, ‘यदि महानगरमा पनि केहि गलत भएको पाउनुहुन्छ भने सिधा मलाई भन्नुहोला यदि मैले त्यसलाई सुधार गरिन भने निर्धक्क भएर त्यस विरुद्ध लेख्नुहोला ।’ उनले आफू महानगरको मेयरमा निर्वाचित भएको ३ वर्ष भित्रमै वीरगंज महानगरलाई व्यवस्थित बनाउनने योजना र लक्ष्य लिएर काम गरिरहेको बताए । उनले भने, ‘म पाँच वर्ष कुर्दिन । तीन वर्ष भित्रै यो वीरगंज शहरलाई व्यवस्थित र अरुले पनि अनुकरण गर्ने गरि उदाहरणीय काम गरेर देखाउछु । नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडड्काले गरेका थिए ।
चितवनको सौराहामा भएको तालिममा विभिन्न संचारमाध्यममा कार्यरत ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once