Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अन्यौलमा, विद्यार्थीहरुद्वारा तालाबन्दी

spot_img

वीरगंज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन थप अन्योलता तर्फ धकेलिएको छ । मतदाता नामावालीको विवादका कारण पूर्वघोषित निर्वाचन मितिलाई चैत्र ५ गतेबाट तिन दिन पछि चैत्र ८ गतेको लागि सारिएको ठाकुररामको स्ववियू निर्वाचन थप अन्योलता तर्फ धकेलिएको हो । विद्यार्थीहरुले सङ्घसङ्गठन र समूहले झिकेको मतदाता नामावाली सम्बन्धित विषयलाई क्याम्पस प्रशासनले समाधान नगर्दै संसोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको वीभिन्न शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण निर्वाचन हुने÷नहुनेमा अन्योलता सृजना भएको हो ।
संसोधित कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्मका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरणको कार्यक्रम थियो । तर, विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण मनोनयन वितरण प्रभावित भएको ठाकुरराम क्याम्पसका स्ववियू निर्वाचन अधिकृत रोशन लामिछानेले बताए । ‘तालाबन्दीका कारण हामी कार्यालय बाहिर बसिरहेका छौं ।
मनोनयन वितरणको कार्यक्रम सुरु हुनसकेको छैन’, लामिछानेले भने । यसअघि मातदाता नामावालीकै विषयमा क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनहरु विच छलफल चलिरहँदा गत शुक्रबार असन्तुष्ट विद्यार्थीहरुको एक समूहले क्याम्पसस्थित विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका थिए । आगजनी पश्चात क्यामपस प्रशासनले निर्वाचन प्रकिया स्थगित गर्दै सोमबार मात्रै संसोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यद्दपी विद्यार्थी सङ्गठनहरुले आफ्नो मागलाई सम्बोधन नगर्दै क्याम्पस प्रशासनले कार्यतालिका सार्वजनिक गरेपछि मङ्गलबार बिहान विरोध प्रदर्शन गर्दै क्याम्पसस्थित प्रमुखको कार्यालय, निर्वाचन समितिको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी यूनियन, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायतका विभिन्न विद्यार्थी सङ्गठन र समूहहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने र मतदाता विधार्थीहरुको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्न मागे गरेका छन् । समाजवादी विधार्थी यूनियन ठाकुरराम क्याम्पसका इकाई उपाध्यक्ष शशिकान्त सर्राफले विद्यार्थीहरुद्वारा उठाइएको मागहरु सम्बोधन गरेर मात्र निर्वाचन प्रकृया अगाडि बढाउँन आग्रह गर्दै भने, ‘हाम्रो मागलाई सम्बोधन गरेर मात्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुस भनेका थियौँ । तर क्याम्पस प्रशासनले त्यसलाई गम्भीरतापूर्वक लिएन । हचुवाको भरमा निर्वाचन कार्यतालिका सार्वजनिक ग¥यो । यसरी हुँदैन, हाम्रो माग सम्बोधन नभएसम्म हामीले तालाबन्दी खोलदैनौं । निर्वाचन सम्बन्धि कुनै काम अगाडि बढाउँन् दिँदैनौं ।’ यअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावली प्रति पनि विरोध जनाउँदै फागुन २६ गते विधार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २ सय ३२ थियो । तर विद्यार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नामसमेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिलकुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७ सय मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो । नयाँ निर्वाचन तालिका अनुसार मङ्गलबार उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको छ । तर, मङ्गलबार विद्यार्थी सङ्घसङ्गठन र समूहहरुले क्याम्पसमा तालाबन्दी नै गरेपछि यसले अब चैत ८ मा हुने भनिएको निर्वाचन पनि अन्यौलमा परेको छ । निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियू निर्वाचन निर्देशिकाअनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहँदा पनि विद्यार्थी सङ्गठनहरु विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए ।
फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने निर्देशन नै नभएको उनले बताए । मतदाता विद्यार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने, ‘यो विषयलाई लिएर विवादगर्नुको कुनै अर्थ छैन । क्याम्पस प्रशासनले परिचयपत्रको व्यवस्थापन गरि नै हाल्छ । त्यसका कारण विद्यार्थीले तनाव लिनु र विवाद गर्नु जरुरी छैन ।’क्याम्पसका विभिन्न शाखामा गरिएको तालाबन्दीका सन्दर्भमा निर्वाचन अधिकृत लामिछानेले भने, ‘तालाबन्दीले कुनै असर पर्दैन, चैत ८ मै निर्वाचन हुन्छ । त्यसका लागि क्याम्पस प्रशासनले विधार्थीहरुसँग छलफल गरेर निर्धारित तालिका अनुसार निर्वाचन प्रकृया अगाडि बढाउँछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once