वीरगंज । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो विभागिय क्रिकेट टिमको लागि मंगलबारदेखि नेट प्रेक्टिस सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको श्रीपुर, वीरगंज शाखाले सुरु गरेको प्रेक्टिसको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका निमित प्रदेश प्रमुख सन्धया सिंह र वीरगंज शाखाका प्रबन्धक नृसिङ नारायण यादवले गरेका थिए ।
प्रदेश प्रमुख सिंहले ब्याटिङ र वीरगंज शाखाका प्रबन्धक यादवले बवलिङ गर्दै क्रिकेट प्रेक्टिस खेलको उद्घाट गरेका थिए । प्रेक्टिस खेलमा राष्ट्रिय वाणिज्य बैंक प्रदेश, श्रीपुर शाखा, वीरगंज शाखाका कर्मचारीहरुको सहभागिता रहेको श्रीपुर शाखाका यतेन्द्र राउतले जानकारी दिए ।





