Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
25.1 C
Kathmandu

प्रतियोगिताले दुबै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह

spot_img

वीरगंज । वीरगंजको आदर्शनगर रंगशालामा आजदेखि नेपाल भारत मैत्री पुरुष महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल भारत बीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
खेलमा हारजित सामान्य भएको भन्दै उनले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह पनि गरे । आउँदो चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न ९ वटा महिला पुरुष टिमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन भारतको झारखण्ड, राजस्थान, युपी र जम्मु कश्मीरको टिम वीरगंज आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once