Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

हृदयघातबाट विद्युत प्राद्यिकरणका प्रमुख यादवको निधन

spot_img

वीरगंज । नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमोद कुमार यादवको अल्पायु मै निधन भएको छ । ४० वर्षिय अमोद यादवको हृदयघातबाट मंगलबार विहान निधन भएको हो ।
मंगलबार विहान ब्याडमिन्टन खेल्ने क्रममा अचेत भएका यदावको उपचारको लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले चेकजाँच गरेपछि मृत घोषणा गरेका थिए । प्रमुख यादवको असमायिक निधनले मंगलबार दिनभरी विधुत प्राधिकरण वीरगंज वितरण केन्द्र शोकमै रह्यो । सिराहा निवासी प्रमुख यादवको ४ बर्षिय र ६ बर्षिय दुईटा छोरी रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once