Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
28.1 C
Kathmandu

पटेर्वा सुगौलीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मे. १ त ४८१७ नम्बरको ट्याक्टरको ठक्करले धोविनी गाउँपालिकाको वडा नं. ३ बस्ने प्रसाद हजराको श्रीमती ७२ बर्षिय महेसिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउसो १ः४० बजेको समयमा विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा सोही साईकलमा सवार प्रसाद हजरा र निजकी श्रीमती महेसिया देवी घाइते भएका थिए ।
घटना बारे प्रहरीलाई जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पुर्याएको थियो ।
उपचारकै क्रममा सोमबार दिउसो ३ः३५ बजेको समयमा निज महेसिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । त्यसपछि मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी उल्लेखित ट्याक्टर र ट्याक्टर चालक कालिकामाई गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३२ को महेन्द्र सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once