Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

साहित्यिक चौतारी नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

spot_img

वीरगंज । साहित्यिक चौतारी नेपालको नवौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्थाले वार्षिकोत्सवका अवसरमा कृति विमोचन, सम्मान एवम् रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र अङ्क ५ सँगै चौतारीकी इजरायल शाखा सदस्य तथा साहित्यिक चौतारी नेपालका आजीवन सदस्य सिन्धु पौडेलको कृति ‘मृतसागरको उचाइबाट’ एकैसाथ विमोचन गरिएको छ । वार्षिकोत्सवका अवसरमा चौतारीका ३५ वटा शाखाहरूमध्ये उत्कृष्ट शाखाका रूपमा जापान शाखा र भारत शाखालाई सम्मान गरिएको छ भने साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरेलाई समेत सम्मान गरिएको केन्द्रकी अध्यक्ष गीता भण्डारीले जानकारी दिइन् । सम्मानले अन्य शाखालाई पनि सक्रिय हुन प्रोत्साहन मिल्ने अध्यक्ष भण्डारीको विश्वास छ । उनकाअनुसार सोही अवसरमा ६ जनालाई साहित्यिक चौतारी नेपालद्वारा आजीवन सदस्यीयताको प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा साहित्यिक चौतारी नेपालका ७ वटा शाखाका प्रतिनिधि क्रमशः कोशी प्रदेश शाखाका श्याम कुमार श्रेष्ठ, मधेश प्रदेश शाखाबाट यमुना प्राध्यानाङ, गण्डकी प्रदेश शाखाबाट शोभा खनाल कोइराला वाग्मती शाखा अध्यक्ष समा श्री, प्रतिनिधि कल्पना भट्टराई, लुम्बिनी प्रदेश शाखा सल्लाहकार वसन्त वली वसन्ती, प्रतिनिधि वन्दना भट्टराई, कर्णाली प्रदेश शाखा सचिव मनोज परियार र सुदूरपश्चिम प्रदेश शाखा प्रतिनिधि उमेश अवस्थी ‘आदर्शले रचना वाचन गरेका थिए । कार्यक्रम मुना समूह अध्यक्ष बालकुमार क्षेत्री, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय कोषाध्यक्ष के.बी पौडेल, मधुवन गोधूलिका अध्यक्ष गणेश बाबू अधिकारी लगायतले पनि रचना प्रस्तुत गरेका थिए ।
साहित्यिक चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष सरू बस्नेतले स्वागत मन्तव्यसँगै कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले साहित्यको संरक्षण र प्रवद्र्धनमा चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको बताए । साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय चौतारीको निरन्तर सफलताको कामना पनि उनले गरेका छन् । कार्यक्रममा महानगरीय प्रहरी वृत दरवार मार्ग प्रहरी प्रमुख कोपिला चुडाल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरे समालोचक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक निमग्ना घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. भागवत आचार्य, चौतारीका वरिष्ठ सल्लाहकार डा.देवी नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यिक चौतारी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’ले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण चौतारीका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमले गरेका थिए । कार्यक्रममा रचना वाचन गर्ने ७ वटै प्रदेश शाखाका प्रतिनिधि तथा अन्य साहित्यिक संस्थाका प्रतिनिधिहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once