Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

उपमेयर आलमद्वारा उद्यपुरघुर्मीमा अनुगम

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम द्वारा वीरगंज महानगरपालिका वाड नं. २७ उदयपुरघुर्मिमा अनुगमन गरेका छन् । वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम द्वारा वाड नं. २७ उदयपुरघुर्मिमा अनुगमन गर्न जादा वडा अध्यक्ष हृदयनारायण प्रसाद कुर्मीले फुलमाला तथा अबिर लगाइ स्वागत गरेका थिए ।
अनुगमन कै क्रम वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलमले भने नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन, विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान गर्ने, विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने, विपद् व्यवस्थापन कोषको स्थापना तथा सन्चालन र स्रोत साधनको परिचालन गर्ने, विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरेनगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने, विद्यार्थि सख्या घटन गई फिजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षकलाई अर्के सामुदायिक विद्यालयमा मिलान गर्ने शिक्षा समितिमा सिफारिस गर्ने, खेलकुदको सरचनाको पूर्वधार निर्माण सन्चालन तथा विकास गर्ने, खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने, जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक परिचयपत्र वितरण सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने, जेष्ठ नागररिक क्लव दिवा सेवा केन्द्र भेटघाट स्थल आश्रय केन्द्रको सन्चालन तथा व्यवस्थापन गर्ने, सङ्घ तथा प्रदेशसँग समन्वयमा अपाङ्गता पुनस्थापना केन्द्र जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्वाहार केन्द्राको सन्चालन र व्यवस्थापन गर्ने, सडक बालबालिका अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरुको पुनस्थापना केन्द्रको सन्चालन व्यवस्थापन अुनगमन र नियमन गर्ने बताए।
उक्त अनुगमन कार्यक्रम वीरगंज महानगरपालिकाका स्वकिय सचिव शेष हजरा, वीरगंज महानगरका कर्मचारी कमल महतो, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव, पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथी रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once