वीरगंज । साना किसान कृषि सहकारी संस्थाको १९ औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ। वीरगंज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मी मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक उत्सव समारोह आज एक कार्यक्रम का बिच सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्थाका संचालक समितिका अध्यक्ष बिरेन्द्र कर्ण को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,विशिष्ट अतिथि वीरगंज महानगर का उप प्रमुख ईम्तियाज आलम रहेका थिए । कार्यक्रमा विशिष्ट अतिथि उप प्रमुख आलमले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् । उनले भने, ‘समूह सहकारीको नाममा सरकारबाट अनुदान आउँछ, तर त्यो अनुदानको उचित सदुपयोग हुनुपर्छ ।उप– प्रमुख ले नेतृत्वकर्ता इमान्दार र सक्षम नभए अवस्था राम्रो नहुने बताए ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाको कुल बचत रकम ३२ करोड रुपैयाँ रहेको अध्यक्ष कर्णले जनाए । साथै उक्त वार्षिक उत्सव समारोह वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,उप–प्रमुख इम्तियाज आलमलाई मायाको चिन्ह प्रदान गरिएको थियो । उक्त बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि राजेशमान सिंह,विशिष्ट अतिथि ईम्तियाज आलम,अतिथि सुगौली बिर्ता वाड नं. २६ का वडा अध्यक्ष शम्भु मिश्र, उदयपुर घुर्मी वाड नं.२७ का वडा अध्यक्ष हृदयनारायण प्रसाद कुर्मी,वीरगंज महानगरपालिका का स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथी रहेको थियो ।





