Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

पर्साको २ ठाउँमा निशुल्क स्वास्थ्य शिविर, साढे ८ सय बढी लाभान्वित

spot_img

वीरगंज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न स्वास्थ्य शिविरबाट साढे ८ सय भन्दा बढी लाभान्वित भएका छन् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पर्सा चिकित्सक श्रीमती संघको आयोजनामा सम्पन्न शिविरमा ८ सय ५० भन्दा बढी लाभान्वित भएका हुन् । फोर जी आर संस्थाको समन्वयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ४ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको पर्सा चिकित्सक श्रीमती संघकी सचिव निशा सिंहले जानकारी दिइन् ।
सिंहका अनुसार शिविरमा बरिष्ठ फिजिसियन डा.निरज सिंह, डा.राम किशोर सिंह, बाल रोग बिषेशज्ञ डा.अशोक दास, स्त्री रोग विषेशज्ञ डा.दिप्ती यादव, दन्त रोग विषेशज्ञ डा. सोनी झा ठाकुर, डा. प्रेरणा सिंह लगायतले उच्च रक्त चाप, मधुमेह, ग्यास्ट्रीक, दाँत सम्वन्धी रोग, महिला स्वास्थ्य तथा प्रजनन् सम्बन्धी रोग, बाल रोग लगायतको चेकजाँच गरेका थिए । पर्सा चिकित्सक श्रीमती संघकी अध्उइा नीता झाको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिबिरमा कोषाध्यक्ष लुना बनर्जी, सहसचिव पिया सिंह, निभा दास, कल्पना भगतको लगायतको उपस्थिती रहेको थियो ।
यसैबिच पर्साको सखुवाप्रसानै गाउँपालिकामा पनि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यु त्रिलोकी क्लिनिक बिर्ता तथा रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा सम्पन्न शिविरमा ४ सय ५० जनाले चेकजाँच गराएका छन् । श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको सहयोगमा सम्पन्न स्वास्थ्य शिबिरमा बालरोग विशेषञ डा.आनन्द कुमार झा, दन्तरोग विशेषञ डा. प्रेरणा प्रियादर्शनी, फिजिसियन शिव कुमार झा, स्त्री रोग विशेषज्ञ डा मिता महर्जन, नाक कान घाटी रोग विशेषज्ञ डा. आमोद श्रेष्ठ, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा. सास्वत प्रसाद र किरण आँखा अस्पतालको प्राबिधिक टोली चेकजाँच गरेको क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिए ।
शिक्षक तथा थारु समुदायका अगुवा राजेन्द्र प्रसाद थारुको अध्यक्षतामा सम्पन्न शिबिरमा विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी तथा स्थानिय जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once