Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

क्याम्पसमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्न नेविसंघको माग

spot_img

वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । शनिबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो ।
नेविसंघले स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा करिब १ हजार फर्जी विधार्थीको नाम पनि समावेश गरिएकाले त्यसको छानबिन गरि चैत ५ को निर्धारित मितिमै निर्वाचन गर्न पनि क्याम्पस प्रशासनसँग माग गरेको छ । कांग्रेस पर्साले गठन गरेको समन्वय समितिका संयोजक नवीन सिंहले शुक्रबार क्याम्पसमा गरिएको आगजनीको घटनामा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारे । उनले आगजनीमा संलग्न ३ जना विधार्थीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेपनि बिना कारबाही छाडेको भन्दै आपत्ति जनाउँदै पक्राउ परेकाहरू अन्य संगठनका विधार्थी रहेको बताए । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा शुक्रबार दिउँसो नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गीरी, नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस ईन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएर शुक्रबार नै साँझ रिहा गसिकेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेसका जिल्ला सहसचिव समेत रहेका सिंहले आगजनीको घटनामा संलग्नलाई पसन पक्राउ गरि कारबाही नगरे र स्थगित निर्वाचन प्रक्रिया पुनः सुचारु नगरिए नेविसंघ आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । यसका साथै मतदाता नामावलीमा फर्जी विधार्थीको नाम समावेश गर्ने क्याम्पसका सम्बन्धित कर्मचारी र निर्वाचन अधिकृतलाई क्याम्पस प्रशासनले कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको सिंहले बताए । क्याम्पसमा जनाधार नै नभएका विधार्थी संगठनहरूले चैत ५ को स्ववियु निर्वाचन भाड्न शुक्रबार क्याम्पसमा आगजनी गरेको पत्रकार सम्मेलनमा नेविसंघ पर्साका अध्यक्ष रमेश यादवले बताए । ठाकुरराम क्याम्पसमा विगत देखि नै नेविसंघको जनाधार बलियो रहेका र त्यहि कारण अन्य संगठनहरुले चैत ५ को निर्वाचन भाड्न हर्कत गरिरहेको उनले बताए । तर नेविसंघ चैत ५ मै निर्वाचन हुनु पर्ने अडानमा रहेको उनले प्रष्ट पारे ।
निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए । क्याम्पस प्रशासनले शुक्रबार गरिएको आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगित गरी प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार,उक्त समितिले ३ दिन भित्र (फागुन२९ गते भित्र) फागुन २१ मा प्रकाशित मतदाता नामावलीको छानबिन गरी प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशित गरि पुनः अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले बताए।
शनिबारको पत्रकार सम्मेलनमा नेविसंघका क्याम्पस इकाइ सभापति मनोज कुमार साह, नेपाल तरुण दलका जिल्ला सभापति विकास तिवारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी, नेविसंघका नेताहरू मुनराज तिवारी, विकास मण्डल, शेष हजरा, धर्मराज यादव, रोशन सिंहलगायतको पनि सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once